मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

स्थानीय व्यवसायलाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

Ujyalosandeshonline 12676+ समाचार ( )
२४ पौष २०८१, बुधवार

मुगु । रैथाने बालीको परिकार तयार गरेर स्थानीय व्यवसायहरुले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीका अन्न,फलफूलबाट नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी  गर्न सकिने भन्दै तालिममा सिकेका वस्तुहरुको प्रदर्शनी गरिएका हुन् ।

बिगत २ दशकदेखी होटल सञ्चालन गर्दै आईरहेको पदमकला कार्कीले तालिममा कोदो, फापर, मम, चाउमिन, आलु चिप्स, केक, स्याउको खिरलगायत १३ प्रकारका खाने कुराकहरु बनाउन सिकाएको बताए । 

उनले भने , ‘होटलमा बजारमा आएको चाउचाउ, बिस्कुट, चियाँ मात्र बिक्री गर्दै आएका थियौं । हाम्रो घरमा दैनिक प्रतेक बर्ष उत्पादन हुने कागुनो, चिनो, फापर, कोदो, स्याउ, मकै, रोटी भात खाने मात्र जानेका थियौं । काचो अन्न बिक्री गर्ने गरेका हौं । तर जिल्ला कृषि विकास कार्यालय मुगुले दिएको ३ दिने रैथाने बालीको विभिन्न परिकार बनाउने तालिममा कोदो, फापर, मम, चाउमिन, आलु चिप्स, केक, स्याउको खिरलगायत १३ प्रकारका खाने कुराहरु बनाउन सिक्यौं ।’

स्थानिय रैथानि वस्तुको परिकार प्रदर्शनी तथा अवलोकन गर्नुका साथै परिकार खाँदा निकै स्वादिलो र राम्रो रहेको स्थानियहरुको भनाइ छ । बजारमा उत्पादन भएका केमिकल युक्त वस्तुहरु खाने भन्दा यी रैथानिय अन्न बालीबाट निमार्ण गरिएको वस्तुहरुको उपयोग गर्नु निकै राम्रो हुने प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।

उनले भने, ‘हाम्रो देश नेपाल खाद्यान्न क्षेत्रमा पछि परेको देश हो । तैपनि जिल्लामा उत्पादन हुने रैथाने बालीहरु पछिल्लो समयमा लोप हुँदै हराउन थालेको हुनाले स्थानिय रैथाने बास्तुहरुको संरक्षण तथा प्रवद्ध गर्नुका साथै खाद्यान्न सुरक्षामा टेवा पुग्छ । ’

मुगु पर्यटकहरुको ठूलो पहुँच भएको जिल्ला भएको हुनाले मुगुको स्थानिय वस्तुहरुबाट उत्पादन गरेका वस्तु पर्यटकहरु मार्फत खपत गर्न सकेमा राम्रो आम्दानी हुने जिल्ला कृषि विकास कार्यालयका  निमित्त कार्यालय प्रमुख अनिस शाक्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार