चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५% छुट

Ujyalosandeshonline 11160+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

चितवन । चितवनमा वर्षाका कारण सडक अवरुद्ध भई अलपत्र परेका यात्रुहरूलाई लक्षित गरी होटल व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनले महत्त्वपूर्ण निर्णय गरेका छन्। अब जिल्लाभरिका होटलहरूले नियमित कोठा भाडामा ७५ प्रतिशत छुट दिई २५ प्रतिशत शुल्कमा मात्रै सेवा प्रदान गर्नेछन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छुटमा बस्ने ग्राहकहरूलाई कुनै पनि भेदभाव नगरी सम्मानजनक व्यवहार गर्न होटलहरूलाई आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हाल ४० देखि ५० वटा सवारी साधन र २०० भन्दा बढी यात्रु सडकमा रोकिएका छन् । यो निर्णयले विपत्मा परेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार