मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मर्चवारमा ‘पानी परीक्षण घुम्ती सेवा’ सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

मर्चवार । मर्चवार क्षेत्रमा हाते पम्पहरुबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएपछि शुद्ध खानेपानी परीक्षण अभियान सञ्चालन गरिएको छ । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको पहलमा खानेपानी सुरक्षा योजना अन्तर्गत खानेपानी मन्त्रालयको सहयोगमा यो अभियान सञ्चालन गरिएको हो । ‘पानी परीक्षण घुम्ती सेवा’ मार्फत हातेपम्पहरुको पानी परीक्षण गरिनेछ ।

मर्चवारी गाउपालिका वडा नम्बर ६ र ७ मा खानेपानी परिक्षण गरिएको छ । परीक्षण रिर्पोट खानेपानी मन्त्रालयमा पठाएर विशेष किसिमको योजना सञ्चालन गरिने जनमत पार्टीका केन्द्रीय सचिव यादवले जानकारी दिए ।

उनले आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदो दीर्घ रोगहरु लाग्न सक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताए । ‘स्वास्थ्य नै मानिसको धन हो, जनताको स्वास्थ्यमा ध्यानलाई मध्यनजर गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो, शुद्ध खानेपानीको प्रयोगबाट विभिन्न किसिमका रोग लाग्नबाट बञ्च सकिन्छ, ’उनले भने । 

शुद्ध सफा खानेपानी अभियान कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रामकेश गुप्ता, केन्द्रिय सदस्य रामु यादव, निर्मला हरिजन, रामशुमेर ठाकुर, रुपचन यादव, रामसेवक खरबिन्द, राजु यादव, मुरली चौधरी, सुग्रीम यादव, अजय गुप्ता, रामाशंकर यादव तथा स्थानीयबासीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार