मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवामा कर्पोरेट कप फुटसल प्रतियोगिता हुँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ जेठ २०८३, बिहीबार

भैरहवा । रुपन्देहीमा भैरहवामा फुटसल प्रतियोगिता हुने भएको छ । अनलाइन पत्रिका पब्लिक कुरा डटकमको आयोजनामा कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिकाको स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार, प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ ।

‘तिव्र सहरीकरणसँगै पर्यटकीय हवका रुपमा विकास भइरहेको रुपन्देहीमा कर्पोरेट कल्चरको विकास अपरिहार्य छ’,उनले भने, ‘यस्ता संस्थाबीच हुने खेल आपसी प्रतिस्पर्धा मात्र नभएर एकअर्कासित घुलमिल हुने अवसर मिल्ने विश्वास लिएका छौं ।’सिद्धार्थनगर–१३ स्थित भैरहवा फुटसल मैदानमा जेठ २३ र २४ गते संचालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाको विभिन्न २६ वटा कर्पोरेट संस्थाका टीम सहभागीता रहने आयोजकले जनाएको छ ।

पब्लिक कुरा डटकमका प्रधानसम्पादक माधव ढुंगानाले औद्योगिक नगरीमा सञ्चालित ठूला व्यवसायिक प्रतिष्ठानहरु एकजुट भएमा मात्र उद्योगी–व्यवसायीको हित संरक्षण तथा लगानीमैत्री वातावरण निर्माणका लागि प्रभावकारी दबाब दिन सकिने बताए। उद्योग–व्यवसाय फस्टाएको खण्डमा सार्वजनिक सञ्चारमाध्यामको संस्थागत विकास सम्भव हुने र आगामी दिनमा पनि संस्थाले व्यवसायीमैत्री कार्यक्रम आयोजनालाई जोड दिने योजना रहेको उनले बताए । आयोजकका अनुसार, प्रतियोगिताको विजेता पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र छ। उत्कृष्ट खेलाडीलाई ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार