मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : मन्त्री तामाङ

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले मुलुकका गैर राजनीतिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुने समस्या रहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री तामाङले  पशुपति जस्तो विशुद्ध धार्मिक स्थलमा समेत राजनीति हुनु दुभाग्यपूर्ण रहेको बताए । 

उनले भने, ‘हाम्रो नेपालको समस्या के रहेछ भने । जुन ठाउँ अलि गैरराजनीतिक ठाउँ हुन्छ नि त्यहाँ नै धेरै राजनीति हुँदो रहेछ । विद्यालयलाई गैरराजनीतिक क्षेत्र भनिन्छ । त्यहि गएर बढि राजनीति हुँदो रहेछ । धार्मिक स्थलहरुलाई पनि गैरराजनीतिक स्थल भन्छौं । सबैभन्दा बढि त्यहाँ राजनीति हुने । एकले अर्कालाई कसरी नङग्याउन सकिन्छ । कसरी फसाउन सकिन्छ भन्ने कोणबाट काम गर्ने ठाउँ रहेछ । राजनीति गर्न चाहानेले बाहिर बसेर गरौं । पशुपति भनेको विशुद्ध धार्मिक स्थल हो । त्यहाँ पनि राजनीति हुँदो रहेछ । त्यसैले म त्यो हुन दिने पक्षमा छैन् ।’ 

उनले राज्यले पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोणको अधारमा देशका ऐतिहासिक स्थलहरुको संरक्षण गरेर पर्यटकहरुमा आकर्षण बढाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘हाम्रो ऐतिहासिक पुरातात्तिक महत्वका सम्पदाहरु भएका स्थलहरुको संरक्षण गर्दै पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोण के छ त्यसको आधारमा संरक्षण गर्दै त्यो वरीपरि पर्यटकहरु ल्याउनका लागि र आकर्षण बढाउँनका लागि राज्यले पहल गर्नुपर्छ । त्यसलाई नयाँ बनाएर होइन कि त्यहि पुरानोलाई जस्ताको त्यस्तै संरक्षण गरेर गर्नुपर्ने काम धेरै हुन्दा रहेछ जसको लागि बजेट धेरै चाहिदो रहेछ । बजेट हामीसँग अभाव छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार