मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

चुनावलाई संसदीय कोणबाट होइन समाजवादबाट हेरौं : विप्लव

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चुनावलाई संसदीय कोणबाट होइन समाजवाद प्राप्तको अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । 

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उनले २१औं शताब्दीको विशेषता, प्रवृत्तिहरू र ज्ञानको प्रयोग गरेर चुनावलाई संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउने हिसाबमा प्रयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘चुनावलाई अहिले केवल यो २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, विभिन्न चरित्रबाट नापेर हामीले चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । संघर्षको नयाँ मोर्चाको रुपमा समाजवादमा देशलाई उठाउनेगरि लैजानेगरि, चुनावको प्रयोग गर्नुपर्छ । संसदीय चुनावको कुरा होईन् की समाजवादको लागि एउटा समाजवादी अभियान बनाएर त्यसलाई प्रयोग गर्नुपर्छ ।’ 

चुनाव केवल सरकार सदनको कुरा मात्रै नभएको भन्दै यसलाई एउटा समाजवाद निर्माणको लागि अभियानात्मक ढंगले सञ्चालन गर्नुपर्ने पनि उनको भनाई छ । 

उनले नेपाली विशेषताको समाजवादका लागि चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी), चार मित्र वर्ग (किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) ६ समुदाय खसआर्य, जनजाती, मधेसी, श्रमिक समुदाय, महिला, मुस्लिम) लाई एकतावद्ध गर्ने साथै सबैलाई मोर्चाबद्ध गर्न जोड लगाउने निर्णय पनि गरेको बताए । 

केन्द्रीय समितिले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिका सम्भव सबै तरिका र माध्यमहरुलाई प्रयोग गर्ने निर्णय लिएको छ । त्यसका लागि २०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय पनि गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार