मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

उल्लेख्य काम गर्ने मौका मिल्यो : मन्त्री तामाङ

Ujyalosandeshonline 12437+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा केही उल्लेख्य काम गरेको दाबी गरेका छन् । 

विदाईको क्रममा उनले नेपाल पर्यटन बोर्डको सदस्यहरुको प्रक्रिया गर्ने समिति नै अवैधानिक हो भनेर प्रश्न उठेको समयमा त्यसलाई वैधानिक हिसाबले प्रक्रिया सुरु गरेर तीनजना बोर्ड सदस्य छनोट गर्ने काम भएको जानकारी गराए । 

उनले भने,‘मैंले आफ्नो कार्यकालमा केही उल्लेख्य कामहरुको गरेको छु । नेपाल पर्यटन बोर्डको सदस्याहरुको छनोट प्रक्रिया अगाडि बढेको थियो । तर त्यो छनोट गर्ने समिति नै अवैधानिक हो भनेर प्रश्न उठेको समयमा त्यसलाई वैधानिक हिसाबले प्रक्रिया सुरु गरेरतीन जना बोर्ड सदस्य छनोट गर्ने काम भएको छ । पशुपतिमा दर्शन गर्न आउनेहरुको सुविधाको लागि पशुपतिको चारैवटा ढोका विहान ४ बजेदेखि ८ बजेसम्म खोल्ने नयाँ निर्णय गरेका छौ । पशुपति क्षेत्र विकास कोषको कार्यविधि बनाएर कार्यकारी निर्देशक नियुक्ति गर्ने काम भएको छ ।’

उनले नेपालमा दर्ता भएको हवाइ जहाजको उडानलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउनको लागि सुधारका कामहरु सूचारु भएको समेत जानकारी दिए । यसपालीको बजेटमा आफ्नो पहलमा बजेटको दायरा बढाएको पनि उनको दाबी छ । 

उनले भने,‘नेपालमा दर्ता भएको हवाइ जहाजको उडानलाई युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउनको लागि सुधारका कामहरु सूचारु भएको छ । यसपाली म आएपछि बजेट पनि बढेको छ । बजेट हाम्रो सिमित स्रोतर अन्तरविरोधलाई हल गर्न कोशिस भएको छ । मन्त्री परिवर्तन हुने वित्तिकै हरेक कर्मचारी परिवर्तन हुने परम्परा राम्रो होईन् । सबै कर्मचारी परिवर्तन नहुने हो भने विगतमा बनेका योजनालाई समयानुकुल बनाउदैँ जान सकिन्छ ।’

मन्त्री तामाङले हरेक मन्त्री र विभागीय प्रमुखले कर्मचारी आफू अनुकुल छ भने राख्ने छैन् भने अन्तै पठाउने प्रवृत्तिले समयमा काम नहुने समस्या आएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार