मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

एटीएफ यु–१२ टिम टिमच्याम्पियनसिप सुरु

Ujyalosandeshonline 11573+ समाचार ( )
७ जेठ २०८१, सोमबार

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

पहिलो दिन नेपालको ब्वाइज÷गल्र्स दुवै टोली पराजित भएका छन् । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३–० ले हराए । गल्र्समा बंगलादेशले नेपाललाई २–० तथा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पाखा लगाए ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरिन् । ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन् । गल्र्समा पाकिस्तान र भुटान बाहेक ५ राष्ट्रको सहभागिता छ ।

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गल्र्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् । नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज÷गल्र्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने छन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार