मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रधानमन्त्री कप क्रिकेट :
मधेशद्वारा बागमती ४ विकेटले पराजित

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । 

बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउदै हासिल ग¥यो । मधेशका लागि कप्तान अनिल कुमार साहले सर्वाधिक अविजित ७० रन बनाए  । यस क्रममा उनले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन विश्वकर्माले ३९ रन, हरिशंकर साहले ३३ रन पवन सर्राफले ३१ रन र रुपेश सिंहले अविजित २५ रन बनाए । 

बलिङमा बागमती प्रदेशका सूर्य तामाङले २ विकेट, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र ईशान पाण्डेले समान १/१ विकेट लिए । 

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बागमतीले  ईशान पाण्डेको शतकिय पारीको सहयोगमा ८ विकेट गुमाउदै २५९ रन बनाएको थियो । बागमतीका लागि ईशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाएका थिए । बागमतीका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउदा विपिन आचार्यले २७ रन बनाए । 

बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिल साहले समान २/२ विकेट लिए । 

जारी प्रतियोगितामा ४ जित र ५ हार सहित ८ अंकले सातौ स्थानमा रह्यो भने ४ जित र ५ हार सहित नै बागमती अंकतालिकाको चौथो स्थानमा रह्यो । यस संगै प्रधानमन्त्री कप अन्र्तगत लिग चरणको सबै खेलहरु सकिएका छन् । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच फाईनल खेल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार