मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

जसपा नेपालमा कार्यविभाजन, संगठन विभागमा लालबाबु र प्रचारप्रसारमा पूर्ण

Ujyalosandeshonline 12676+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको नेतृत्व चयन गरेको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सोमबार सम्पन्न बैठकले नेताहरुको कार्य विभाजन गरी पार्टी मातहत समितिलाई परिपत्र गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी पार्टीका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पाएका छन् भने लाक्पा शेर्पालाई उपप्रमुख बनाइएको छ । पार्टी स्कूल तथा प्रशिक्षण विभागको प्रमुखमा सुरेशकुमार मण्डल र उपप्रमुख अम्बिका काफ्ले चयन भएका छन् ।

पार्टीको अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा र उपप्रमुख रेणुका सिंह भएका छन् । प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुख पूर्ण बस्नेत बनेका छन् । बस्नेत यस अघि पनि प्रचार विभागकै प्रमुख थिए । शम्भु झालाई विभागको उपप्रमुख बनाइएको छ  ।

त्यसैगरी महिला विभागमा प्रमीला यादव प्रमुख र शशी लिङ्देन उपप्रमुख बनेका छन् । स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख सुरेन्द्र कुमार यादव र उपप्रमुख अब्दुल कालाम अन्सारीलाई तोकिएको छ । सामाजिक सेवा तथा गैरसरकारी संस्था विभागमा विनिता यादव र उपप्रमुख विणा सिन्हा, कृषि तथा भूमि व्यवस्था विभागमा सञ्जय सिंहलाई प्रमुख र मालामती राना थारुलाई उपप्रमुख बनाइएको छ ।

जसपा नेपालले वन वातावरण तथा विपद् व्यवस्थापन विभागको प्रमुखमा चन्देश्वर पासवान, सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र र उपप्रमुखमा रामबहादुर जाग्री, वौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतो  र उपप्रमुखमा प्रचण्ड पौडेल,  शिक्षा विभागमा योगेन्द्र यादव र उपप्रमुख अन्जेस दाहाल साथै उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार