मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अनलाइन जुवामा संलग्न तीन पक्राउ, ५७ करोड रुपैयाँको कारोबार

Ujyalosandeshonline 12431+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । अनलाइन सट्टेबाजी अनलाइन एप वानएक्स बेटमार्फत रकम लेनदेनमा सक्रिय रहेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाका तीन युवकलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा मलंगवा–९का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा–१० का राकेश चौधरी छन् । उनीहरुले बेटिङसँगै क्रिप्टो करेन्सीसहित विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरि ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । 

उनीहरुका साथबाट विभिन्न कम्पनीका ९ थान मोबाइल सेट, २१ वटा सिम कार्ड, दुइटा ल्यापटप, डेस्कटप कम्प्युटरको एउटा सीपीयू, नगद ६२ हजार, विभिन्न् सहकारीका ११ थान पासबुक, बैंकका १६ थान चेकबुक, ११ वटा डिपोजिट भौचर बरामद भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।   

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक हित, स्वासथ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत कारबाही अघि बढाइने जनाइएको छ । तीनै जनालाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार