मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए । 

बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ । बैठकमा सबै सांसदहरूलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताए । ‘देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीजस्तो अपराधको आरोप लागेको छ । तर सरकारले छानविन गर्न मानेको छैन,’ उनले भने, ‘हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ । त्यसकारण आजको बैठकमा सबै सांसदहरूले धारणा राख्ने हुन्छ, आजै सकिएन भने शुक्रबार पनि बैठक चल्छ ।’ बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल हुने उनले बताए । 

शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार