मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने

Ujyalosandeshonline 11540+ समाचार ( )
७ अशोज २०८१, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजन गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभई पत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइन । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने अध्यक्ष सिंहले जानकारी समेत दिइन् । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा उद्घाटन हुने सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ । ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारा तय गरिएको छ ।

पत्रकार सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने जानकारी दिइएको थियो । अध्यक्ष सिंहले ७५ जिल्ला, ४५० पालिका र ५०० बढी क्याम्पसमा सम्मेलन सम्पन्न भइसकेको र अहिलेसम्म तीन लाख सदस्यता वितरण गरिएको जानकारी दिइन् ।

त्यस्तै, ६ वडा प्रदेशको सम्मेलन सम्पन्न भइसकेको र बाँकी रहेका कमिटीको सम्मेलनको अगाडि नै सम्मेलन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अध्यक्ष सिंहले आफ्नो कार्यकाल सफल भएको बताउँदै सम्मेलनबाट समाजवादी शिक्षाको कार्यदिशालाई थप सुदृढ र व्यवस्थित गरिने अध्यक्ष सिंहले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार