मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

जग्गा भाडामा लिएर सयपत्री खेती

रासस 711+ समाचार ( )
१ कार्तिक २०८३, शनिबार

तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका  सदस्य र कर्मचारी   अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् । एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा ब्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताउनुभयो । “अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,” उहाँले भन्नुभयो “अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।” 

उहाँका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो । सुरुमा करिब तीन लाख बढी खर्च भएको छ । बीउ, मल्चिङ तथा खेत जोताइलगायत उक्त बराबरको खर्च भएको हो । तिहारलाई लक्षित गरी साउन २६ गते सयपत्री रोपिएको ४५ दिन मै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताउनुभयो । दसैँभन्दा अघि नै सयपत्री फुल्दा आफूले सोचेअनुसार आम्दानी हुँदैन, की भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो । “मैले तिहारलाई लक्षित गरेका थिए,” उहाँले भन्नुभयो “तर, दसँैमा फुल्यो, यसले गर्दा सोचेअनुसार आम्दानी हुँदैन की भन्ने लाग्छ ।” 

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उहाँले बताउनुभयो । १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ । दसँै अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौँसम्म पठाएको अध्यक्ष धितालको भनाइ छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोज मै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट माग आएको उहाँले बताउनुभयो । पाँच वर्षका लागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेती गरिएको हो । कठ्ठाको वार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो मनग्य लिन सकिने भएकाले यो खेतीतर्फ लागिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार