मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् । ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर हुने हो भने नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव रहेको बताए । 

युवाहरूको विदेशी कलेजमा पढ्ने सपनालाई, विदेशका कलेजहरू नेपालमा नै ल्याएर पुरा गरिदिएको भन्दै उनले कलेजको प्रशंसा गरे ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षालाई देशको समुन्नतिमा योगदान गर्न विद्यार्थीहरुलाई आग्रह गरे । 

त्यसैगरी क्याम्पसका अध्यक्ष ई.पंकज जालानले भुटान र भारतका विद्यार्थी पनि आफ्नो कलेजमा अध्ययनरत रहेको भन्दै स्टुडेन्ट भिसामा सहजीकरण गरेर सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । 

दीक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बिए बिजनेस एडमिनिस्ट्रेसन अध्ययन गरेका ५२ विद्यार्थी दीक्षित भएका छन् । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।  

नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको अभिन्न अङ्ग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार