मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की र सिँचाइ पाइप

Ujyalosandeshonline 12441+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

रामेछाप । मन्थली नगरापालिका–२ कठजोरका महिला किसानलाई पानी सङ्कलन गर्ने ट्याङ्की तथा सिँचाइ पाइप वितरण गरिएको छ । मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्रको साझेदारी तथा हेफेर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो । 

निलकण्ठेश्वर स्वावलम्बी महिला कृषक समूहका किसानलाई उपलब्ध गराइएको ट्याङ्की र पाइप वडाध्यक्ष सुरेन्द्र कार्की लगायतले वितरण गरेका हुन् । सो समूहका २३ जना महिलालाई ट्याङ्की वितरण गरिएको छ । ती मध्ये ८ जनालाई १ हजार लिटर र बाँकीलाई ५ सय लिटरको ट्याङ्की वितरण गरिएको हो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुरेन्द्र कार्कीले यो सुरुवात मात्रै भएको बताउँदै प्रदान गरिएका सामाग्रीको उचित सदुपयोग गरे थप सहयोगका कार्यक्रम पनि आउने बताए । स्थानीय महिलाहरूले अभावको बेलामा पानी सङ्कलन गर्न ट्याङ्की भएपछि निक्कै सहज हुने बताए । यसले आफूहरूलाई कृषि कर्ममा लाग्न थप उत्साहित गरेको उनीहरूको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार