मुख्य समाचार
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद |

जब मुख्यमन्त्री आचार्य बाँकेकाे किगंरियनपुर पुग्नु भयाे...

Ujyalosandeshonline 11572+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य शनिबार नेपालगञ्जमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पुग्नु भएको थियो । कार्यक्रममा सहभागी भएसँगै मुख्यमन्त्री आचार्यलाई नेपालगञ्ज उपमहानगरपालिका–२२ मा रहेको किगंरियनपुर बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो ।

जब मुख्यमन्त्री आचार्यले ज्ञापनपत्रमा समेटिएका विषयहरू अध्ययन गर्नु भयो, त्यसपछि उहाँलाई बस्तिमै पुगेर स्थलगत अवलोकन गर्नुपर्ने आवश्यकता महसुस भयो । किनभने समुदायले भोग्दै आएका समस्याहरू त्यस ज्ञापनपत्रमा समेटिएका थिए । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सुगम र सम्पन्न मानिन्छ । तर पनि यस भित्र रहेका केही बस्तीहरूमा अझै विकास पुग्न सकेको छैन । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाबाट नागरिकहरू अझै टाढा रहनु परेको अवस्था छ ।

त्यसपछि मुख्यमन्त्री आचार्य किगंरियनपुर बस्ती पुग्नुभयो । नजिकबाट बस्ती नियालेर हेरेपछि उहाँले समस्या समाधानका लागि प्रदेश सरकारले पहल लिने अठोट गर्नुभयो । `यहाँका अधिकांश व्यक्ति विद्यालय शिक्षाबाट टाढा रहेको पाएँ । ठूलो र संयुक्त परिवार भए पनि उद्यमशीलता र स्वरोजगार हुन नसकेको अवस्था रहेछ´उहाँले भन्नुभयो-`यहाँ शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पुर्‍याउन प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

यहाँका नागरिकको जीवनस्तर उठाउन प्रदेशले विशेष योजना बनाउने विषयमा छलफल अघि बढाउँछु ।यस बस्तीमा बसोबास गर्ने नागरिकहरूले मागेर गुजारा चलाउने अवस्था छ । सरकारले उद्यमशीलता विकासमा योजना बनाएको खण्डमा समुदायका मानिसहरू त्यसमा सहभागी हुने चाहना राखेको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार