मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


‘मिस पिंक २०२४’को फाइनल ३ जेठमा हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं । ट्रान्स वुमनहरुको प्रतिभा प्रस्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक’को सातौं संस्करण आगामी ३ जेठमा काठमाडौंमा हुने भएको छ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरुप ‘मिस पिंक २०२४’ आयोजना गरिएको हो । 

नील हिरा समाजले शनिबार काठमाडौंको त्रिपुरेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।  लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । सो कार्यक्रममार्फत समुदायलाई थप शसक्त बनाउने र कुशल नेतृत्वको विकास गर्ने उद्देश्य लिइएको छ।

पत्रकार भेटघाटमा समाजकी अध्यक्ष गुरुङले समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक आयोजना गर्दै आएको उल्लेख गरिन । 

‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन् । 

कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समूदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा सहभागिताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रम सहभागिताका लागि काठमाडौं उपत्यका भित्र र बाहिरबाट गरेर ३० जनाले अनलाइनमार्फत फाराम भरेको समाजले जनाएको छ । उनिहरुमध्येबाट १८ जना छनोट भएका थिए भने उनिहरुलाई १७ दिनको तालिम प्रदान गरिएको थियो । अन्तिम प्रतिस्पर्धामार्फत भने एक जनाले मिस पिंकको उपाधी हात पार्नेछन ।

यसै सिलसिलामा मिस पिंकमा सहभागी १८ प्रतियोगीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर समूदायका समस्याबारे जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री लामिछानेले हरेक व्यक्तिले आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउनु पर्छ भन्नेमा सरकार सचेत रहेको बताए ।

निलहिरा समाजकी अध्यक्ष गुरुङको अगुवाइमा गएको प्रतिनिधि टोलीले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री लामिछानेसँग भेट गरेका थिएभने सोही भेटमा लामिछानेले सरकार लैंगिक अल्पसंख्यकको अधिकारका निर्बाध प्रयोगका लागि सचेत रहेको बताएका हुन् । 

‘यो समाजमा मेरो जति अधिकार छ, तपाईंहरूको पनि त्यति नै छ। हरेक व्यक्तिले आफ्नो अधिकार निर्बाध प्रयोग गर्न पाउनुपर्छ भन्नेमा सचेत छु। सरकार पनि सचेत छ। जुन समाजमा लैंगिक अल्पसंख्यकको सम्मान हुँदैन, त्यो समाज बस्नयोग्य हुँदैन,’ गृहमन्त्रीको भनाई उदृत गर्दै गुरुङले भनिन् । भेटका क्रममा लामिछानेले सरकार नागरिकतासम्बन्धी कार्यविधिमा छलफल गर्ने तयारीमा रहेको पनि बताएका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार