मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रुपन्देहीको शुद्धोधनमा नयाँ शिवलिङ स्थापना

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

मर्चवार । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ चुन्नीडिहवास्थित शिव मन्दिरमा विधिपूर्वक नयाँ शिवलिङ स्थापना गरिएको छ। जीर्ण र खण्डित अवस्थामा पुगेको पुरानो शिवलिङलाई वैदिक विधिअनुसार विसर्जन गरी समाजसेवी रामजीत लोधको सक्रियतामा नयाँ शिवलिङ प्रतिष्ठा गरिएको हो।

शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो। भारतबाट ल्याइएको उक्त शिवलिङलाई पर्रोहा परमेश्वर मन्दिरसहित पाँचवटा शिव मन्दिरको परिक्रमा गराई विशेष पूजा–आराधनापश्चात् मन्दिरमा स्थापना गरिएको हो। गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट आउनुभएका प्रतिष्ठाचार्यका अनुसार शास्त्रीय विधिअनुसार पुरानो खण्डित शिवलिङ विसर्जन गरी प्राण प्रतिष्ठाअघि नयाँ शिवलिङलाई पवित्र मन्दिरहरूमा परिक्रमा गराइएको थियो।

शिवलिङ स्थापना कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएका समाजसेवी रामजीत लोधले आफूले भगवान् शिवप्रतिको आस्था र श्रद्धाका कारण कमाइको केही अंश धार्मिक एवं सामाजिक सेवामा समर्पण गरेको बताउनुभयो। स्थानीयवासीले मन्दिरको व्यवस्थापन सुधार र नयाँ शिवलिङ स्थापनाले धार्मिक आस्था र सामाजिक सद्भाव अभिवृद्धि भएको भन्दै उत्साह व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार