मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


भारतको ओडिसा घटनामा रुपन्देहीको सीडीओलाई ने.वि.संघको ज्ञापन : दोषीलाई कारवाहीको माग

Ujyalosandeshonline 12437+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

भैरहवा । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि नेपाल विद्यार्थी संघले दोषीलाई कारवाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार संघको सिद्धार्थनगर समिति र भैरहवा बहुमुखी क्याम्सको ईकाइ समितिले संयुक्त रुपमा ओडिसा घटनाको भत्र्सना गर्दै तत्काल कूटनीति पहलको माध्यमबाट दोषीलाई कानुनी कठघरामा ल्याएर नेपाली विद्यार्थीहरुको जिउधनको सुरक्षा गरिदिनका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हो ।संघको सिद्धार्थनगर समितिका सभापति प्रतिक भण्डारी, भैरहवा बहुमुखी क्याम्पस ईकाइका सभापति नवराज अर्याल र सचिव मोहम्मद उमरको संयुक्त दस्तखतमा ज्ञापन पत्र बुझाइएको हो ।

‘नेपाली विद्यार्थीको मृत्यु शंकास्पद भएकोले निश्पक्ष अनुसन्धानमा सघाउनु पर्नेमा कलेज प्रशासनले उल्टै नेपाली विद्यार्थीहरुलाई कलेज छाड्न दवाब दिने, कुटपिट गरेको लगायत कार्य हामीलाई सह्य छैन’, नेपाल विद्यार्थी संघ सिद्धार्थनगर समितिका सभापति प्रतिक भण्डारीले भने,‘घटनाहरुको निश्पक्ष अनुसन्धान गरेर दोषीलाई कारवाही हुनुपर्छ ।’

लम्सालको शंकास्पद मृत्युको विषय सडक देखि लिएर राष्ट्रिय सभामासम्म उठान गरिएको छ । ‘विश्वविद्यालयमा अध्यनरत एक छात्रले मानसिक यातना दिएको विषयमा दुई पटक उजुरी दिदाँ समेत आरोपीले उन्मुक्ति पाएका कारण प्रकृतिको मृत्यु भएको विषयमा अध्यरनत नेपाली विद्यार्थीहरुले आवाज उठाउँदा लखेटिन पुगेका छन्’, ज्ञापन पत्रमा भनिएको छ’,यस्ता किसिमको क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै तत्काल कूटनीति पहलको माध्यमबाट दोषीहरुलाई कानुनी कठघरामा ल्याई नेपाली विद्यार्थीहरुको जिउधनको सुरक्षका लागि यो ज्ञापन ।’

सो अवसरमा नेपाल विद्यार्थी संघ रुपन्देही जिल्लाका उपसभापति आकाश पौडेल, सिद्धार्थनगरका उपसभापति विराट गुरुङ, रुपन्देही क्याम्पसको ईकाइ समितिका सभापति विधान भुर्तेल र भैरहवा बहुमुखी क्याम्स ईकाइ समितिका कोषाअध्यक्ष रशमी रसाईलीको उपस्थिती रहेको थियो ।

अखिल भारतीय विद्यार्थी परिषद्को आरोपपछि इन्फोसिटी प्रहरीले नेपाली विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी गराएको छ ।

‘दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरु र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ ।’ घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न विश्वविद्यालयमा ठुला संख्यामा प्रहरी बल तैनाथ गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार