मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँछौं : गृहमन्त्री लामिछाने

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउँने बताएका छन् । 

बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममा उनले उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरि खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँने बताएका हुन् । 

उनले भने, ‘व्यापार गर्न पाउने तपाईंको अधिकारको म सम्मान गर्दछु । तर ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममा महंगा महंगा होटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठूला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईँका सेन्टरहरुमा लगाउँने तालाहरु छन् । लगाउँनका लागि हामी तयार हुन्छौं । यो कुरा म एमदमै प्रष्ट गर्न चाहन्छु ।’ 

उनले सुरक्षा निकायमा गैर कानुनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवा युवतीलाई विर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागि आग्रह गरे । मन्त्री लामिछानेले लागूऔषध दुरुपयोग निर्मूलका लागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागि पहल गर्ने विश्वास दिलाए । 

‘मैले गृह मन्त्रालय सम्हालेपछि कुनै भागबन्डा चाहिँदैन् र कुनै घुसको रकम चाहिँदैन् । मलाई कुनै ठेक्का पट्टामा टेन्डर मिलाउनुपर्दैन् । मलाई कुनै आफन्तहरूको भर्ति गर्नुपर्छ भन्ने छैन् । तपाईँहरूको सरुवा बढुवा केहीमा पनि मलाई कुनै चासो छैन् । बस् आफ्नो कर्तव्य पालना गर्नुहोस् । आफ्नो बर्दी जोगाउनुहोस् । यो देश र युवा जोगाउँनुहोस् । मलाई केही चाहिँदैन् । कुनै गैरकानुनी अडर म दिने छैन् । उनले भने, ‘मात्र कर्तव्य निष्ठ भएर काम गर्नुहोस् । जसले युवा युवतीलाई विर्गान ड्रग्स सप्लाइ गरिरहेका छन् भने तिनिहरुलाई कुनै चान्स नदिनुहोस् । सबका सबलाई जेल कोच्नुहोस् । एक जनालाई पनि बाँकी नराखे निर्मूल पार्नुहोस् । यसको लागि योजना लिएर आउँनुहोस् । बजेट छैन् भने म दिलाउँछु बजेट । कहाँ कहाँ गुहार्नुपर्छ म गुहार्छु ।’

उनले लागूऔषध दुरुपयोग निर्मूलको लडाइ बन्दुक नलिई लडिने लडाइ नभएको भन्दै यसका लागि मन्त्रालयले राष्ट्रिय नीति बनाएर कडाईकासाथ लागू गर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार