मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

सुर्खेत । बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ । बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो । 

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा दिउँसोदेखि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत राति १२ बजेदेखि अवरुद्ध भएको सडक विहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ धारापानी नजिकै गंगटेमा पहिरो जाँदा हिजो रातिदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

वर्षात तथा हावाहुरीले पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका क्षेत्रमा रातिदेखि बत्ती नभएको र अन्यत्र पनि क्षति भएको उनको भनाइ छ । बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुङ्गा सहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रु बाहक तथा मालबाहक सवारी अलपत्र परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार