मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
आर्मीबिरुद्ध नेपाल प्रहरीको रोमाञ्चक जित

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८०, आइतबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । 

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर बलिङ्गको निर्णय आर्मीको लागि घातक बन्न पुग्यो । खराब मौषमका कारण ३३ ओभरमा खेल झारिएको थियो । आर्मीको सुरुवात राम्रो रहेको थियो । ईनिङको पहिलो बलमै आर्मीका सोमपाल कामीले कुशल भुर्तेललाई विकेटको पछाडी क्याच गराए ।  

सुरु देखि नै  दबाब महशुश गरेको नेपाल पुलिसले त्यसपछि सम्हालिदै ३१ दशमलव ४ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ४० रन बनाएको थियो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाए । यस्तै आरीफ शेखले १८ रन बनाए । 

बलिङमा आर्मीका सोमपाल कामीले ६ ओभरमा ३ मेडेन सहित मात्र १२ रन खर्चिए । यस क्रममा उनले ४ विकेट लिए । यस्तै साहब आलम र विवेक यादवले समान २÷२ विकेट लिए । 

१४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुवाती ओभरहरु राम्रो भएन । उसका प्रारम्भिक ३ जना ब्याटरहरु शून्य रनमै आउट हुदै पेभेलियन फर्केपछि आर्मी दबाबमा परेको थियो । आर्मीको दबाब कम गर्दै भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङ्ग गर्दै टिमलाई बलियो स्थितिमा पु¥याए । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा २ छक्का र ३ चौकाको सहयोगमा ३५ रन बनाए । 

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बनेको थियो । त्यसपछि आएका बिनोद भण्डारी (१९ रन) बाहेक कुनै पनि ब्याटरले दोहोर अंक बनाउन नसक्दा अन्ततः अन्तिम ओभरमा आफ्नो सबै विकेट गुमाउदै आर्मी १२७ रनमा समेटिएको थियो ।

दुबै टोलीमा राष्ट्रिय खेलाडीहरु धेरै रहेको कतिपयको रुपन्देही गृहमैदान पनि भएकोले आईतबारको खेल हेर्न सिद्धार्थ क्रिकट रंगशालामा दर्शकको घुईचो लागेको थियो । सोमबारको खेल नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बिच हुदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार