मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन सम्भवः प्रहरी महानिरीक्षक कार्की

रासस 720+ समाचार ( )
६ माघ २०८२, सोमबार

पाटन (ललितपुर) । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन कायम सम्भव हुने बताउनुभएको छ । जिल्ला प्रहरी परिसर ललितपुरद्वारा आज मङ्गलबजारको कार्तिक डबलीमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी नेपाल प्रहरी कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले समुदाय र प्रहरीको सौहार्दपूर्ण सम्बन्धले मात्र शान्ति सुरक्षा कायम हुनसक्ने बताउनुभयो ।

“कानुन कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी हो, तर त्यसका लागि नागरिकहरुको सहयोग र समन्वय महत्त्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो । महानिरीक्षक कार्कीले प्रविधिको विकाससँगै सांस्कृतिक र समाजको सम्बन्ध कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले क्षतिग्रस्त प्रहरी कार्यालयहरुका पुनर्निर्माण र जलेका सवारीसाधनहरुको ठाउँमा थप साधनहरु परिपूर्ति गरिसकेको जानकारी दिनुभयो । यस कार्यक्रममार्फत नेपाल प्रहरीले प्रहरी र नागरिकबीचको अन्तरसम्बन्ध पुनः स्थापित गर्दै पारदर्शिता, संवाद र सहयोगमा आधारित सहकार्यमूलक वातावरण बनाउँदै शान्ति सुरक्षा, अमनचयन कायम गर्न सहयोेग पुग्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार