मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


मैत्रीपूर्ण क्रिकेटको उपाधि सिद्धार्थनगरका कर्मचारीको टिमलाई

Ujyalosandeshonline 12431+ समाचार ( )
२० माघ २०८१, आइतबार

भैरहवा । मैत्रीपूर्ण क्रिकेटको उपाधि सिद्धार्थनगर नगरपालिकाका कर्मचारीहरुको टिमले हात पारेको छ । सिद्धार्थनगर नगरपालिकाले ५७औं स्थापना दिवसको अवसर पारेर आइतबार भैरहवास्थित पक्लिहवा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा कर्मचारीको टिमले उपाधि हात पारेको हो ।

फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टीमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा विना क्षति लक्ष्य पूरा गर्दै उपाधि चुम्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित भए ।

यसअघि जनप्रतिनिधि र कर्मचारीको टिमले लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै सेमिफाइनल र फाइनल पुगेका थिए । पहिला ब्याटिङ गरेको प्रेस क्लबले १० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको थियो । कर्मचारीको टिमले विना क्षति ५ ओभर १ बलमा लक्ष्य पूरा गरी १० विकेटले जित निकालेको थियो । त्यसअघि जनप्रतिनिधिको टिमले प्रेस क्लबको टिमलाई २६ रनले पराजित गरेको थियो ।

नगरपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउँदै छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको नगरपालिकाले विशेष समारोहसाथ दिवस मनाउने तयारी गरिरहेको छ । त्यसै क्रममा विभिन्न प्रतियोगिता भइरहेका छन् ।

वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो ।

स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । दिवसका अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने छ । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने जनाएको छ ।

कार्यक्रम माघ २२ गते मंगलबार बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्मा भइ बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगेर शुभकामना आदानप्रदानमा परिणत हुने स्थापना दिवस मूल समारोह संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । स्थापनाको अवसरमा माघ २१ र २२ गते साँझ दीप प्रज्जवलन गर्ने र नगरबासीलाई समेत दीप प्रज्जवलन गर्न नगरपालिकाले आग्रह गरेको नगर उप्रमुख उमा अधिकारीले बताइन् ।

स्थापना दिवसको कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन तयारी तीव्र पारिएको नगर प्रवक्ता समेत रहेका सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ भने महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता राखिएको खेल संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए । आफ्नो स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सिद्धार्थनगर नगरपालिकाले स्थानीय बिदा समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार