मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था

Ujyalosandeshonline 11566+ समाचार ( )
१४ माघ २०८२, मङ्गलबार

भद्रपुर (झापा) । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ ।भर्खरै निर्वाचनको मुखमै सरुवा भएर झापा आउनुभएकी प्रहरी उपरीक्षक खड्काले आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराउनुभएको हो ।

कार्यक्रममा उहाँले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उहाँको भनाइ छ । थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उहाँले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताउनुभयो । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उहाँले उल्लेख गर्नुभयो ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उहाँले आग्रह गर्नुभयो । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको उहाँले बताउनुभयो ।

यसअघि म्याग्दी र काभ्रे जिल्लाको कमाण्ड सम्हालिसकेको अनुभव स्मरण गर्दै प्रहरी उपरीक्षक खड्काले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी निकासी, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रण प्रहरीको प्रमुख दायित्व भएको बताउनुभयो । नेपाल प्रहरीले दिएको म्याण्डेट पूर्णरूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार