मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

Ujyalosandeshonline 12676+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए । उनले भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं । त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं ।’

बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विस्तार र पार्टी एकता सम्बन्धी विषयमा बैठकमा बृहत् जानकारी गराएका थिए ।

‘समाजवादी मोर्चालाई विस्तार गर्नेबारे छलफल भइरहेको छ । विचार मिल्ने पक्षसँग पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक छलफल जारी छ,’ सापकोटाले भने । बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ ।

यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताए । उनले घोषित मितिमा चुनाव हुनुपर्ने बताउँदै आफ्नो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार