मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सम्मरीमाई–७ द्धारा बेतकुइयाँमा छात्राहरुलाई साइकल वितरण

जैसमोहम्मद खान 76+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

मर्चवार । कृषक आदर्श माध्यमिक विद्यालय, बेतकुइयाँमा अध्ययनरत कक्षा १० का छात्राहरूलाई साइकल वितरण गरिएको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिका–७ ले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत सो साइकल बितरण गरेको हो ।

गाउँपालिकाले ५९ जना छात्रालाई साइकल वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक उमाकान्त अर्यालले जानकारी दिए । मंगलबार एक समारोहका बीच साइकल वितरण गर्दै वडाअध्यक्ष राधेश्याम कुर्मीले एसइइ परिक्षा दिन लागेका छात्राहरुलाई प्रोत्साहन गर्ने भन्दै भोलीका दिनमा उच्च शिक्षाका लागि आउजाउ गर्न मद्दत पुग्ने बताए ।

अध्यक्ष कुर्मीले बिद्यालयमा प्राबिधिक शिक्षालय स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षाका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार