मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

जनकपुर । प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने भएको छ ।प्रेस मञ्च नेपालको जनकपुरधाममा सम्पन्न केन्द्रिय समितिको बैठकले बैशाख ६ र ७ गते जनकपुरधाममा राष्ट्रिय महाधिवेशन हुने गरि कार्यतालिका समेत सार्वजनिक गरेको महासचिव अवधेश कुमार झाले जनाएका छन ।

महाधिवेशनका लागि फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन, चैत्र मसान्तसम्म प्रदेश अधिवेशन र बैशाख ६ गते राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न हुने जनाइएको छ । जनता समाजवादी पार्टी नेपालले भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख मसान्त भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्र अनुसार सुभेच्छुक संगठन रहेको प्रेस मञ्च नेपालले महाविधेशन गर्न लागेको हो ।

कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेशाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रियप्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र सहितको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार