अपडेट
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

Ujyalosandeshonline 11164+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

भैरहवा । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको। छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ । भैरहवा तथा यस आसपासमा पनि यसको धक्का महसूस गरिएको छ । स्थानियहरु अहिले घर बाहिर निस्केका छन 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार