मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत

रासस 720+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ निवासी २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ निवासी ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकी निवासी ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमाल निवासी ३२ वर्षीय सरफरोस मियाँ हुनुहुन्छ । उहाँका अनुसार मृतकका शव हेटौँडा अस्पताल ल्याइएको छ ।

घाइते चालक बाराको कलैया उपमहानगरपालिका–२४ निवासी करिब २० वर्षीय अमीर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ निवासी २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ निवासी २३ वर्षीय राजकुमार स्याङ्तानको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाराको महागढीमाई नगरपालिका–११ निवासी २१ वर्षीया बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्सारी र स्याङ्तानको अवस्था गम्भीर तथा यादवको अवस्था मध्यम छ ।

हेटौँडा अस्पतालमा उपचाररत यादवले रासससँग कुरा गर्दै आफू काठमाडौँमा बसेर लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेको र परीक्षा दिन वीरगञ्ज जाँदै गर्दा दुर्घटनामा परेको बताउनुभयो । गाडी सडकबाट खसेर पल्टिँदै गर्दा झ्यालबाट बाहिर निस्कन सफल भएको उहाँको भनाइ छ । दुर्घटनाअघि गाडी तीव्र गतिमा गुडिरहेको यादवले बताउनुभयो । प्रहरीले भने दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दिउँसो २ः०० बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेको थियो । गाडीमा चालकसहित आठ जना सवार  थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार