वीरगञ्जको नारायणी अस्पतालमा गुडविल सोसाइटीद्वारा बिरामी र आश्रितहरूलाई पौष्टिक खाना वितरण

Ujyalosandeshonline 11140+ समाचार ( )
१ अशोज २०८२, बुधवार

वीरगञ्ज । गुडविल सोसाइटीले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी र उनीहरूका आश्रितहरूलाई लक्षित गरी २०० प्याकेट पौष्टिक खाना वितरण गरेको छ। संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधिहरूले पनि सक्रिय सहयोग गरेका थिए ।

अस्पताल परिसरमै बिरामी तथा उनीहरूका आफन्तहरूलाई स्वच्छ र पौष्टिक खाना वितरण गरिएको थियो। आयोजकले खानाको गुणस्तरमा विशेष ध्यान दिएको जनाएका छन् । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष अरबाज आलमले भने, “हामीले यो अभियानलाई निरन्तरता दिने छौं। अस्पतालमा उपचाररत बिरामीलाई स्वस्थ र पौष्टिक खाना पुर्‍याउनु हाम्रो सामाजिक उत्तरदायित्व हो।”

कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको पनि उपस्थिति रहेको थियो। खाना प्राप्त गरेपछि बिरामीका आफन्तहरूले यस्ता सामाजिक कार्यले आफूहरूलाई ठूलो राहत मिलेको बताएका थिए। गुडविल सोसाइटीले यसअघि पनि राहत वितरण, रक्तदान र स्वास्थ्य शिविर जस्ता विभिन्न परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार