मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थप्न अदालत लगियो

Ujyalosandeshonline 11171+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको हो ।

त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पु¥याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।

उनीहरूलाई राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।

त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ । शुक्रबार राजावादीहरुको आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार