मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लुटपाटमा संलग्न ३ जना अत्याधुनिक हतियारसहित पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ असार २०८१, सोमबार

मुगु । हतियार देखाएर लुट्दै हिड्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ  । पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरिले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला  गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् । 

लुटेरा समुहले गाँउका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदि ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानियहरुले जाहेरि दिएका छन् ।

घटना भएको झण्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिम मध्ये प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । 

प्रहरीले उनीहरुको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार