मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सिद्धार्थनगर –१२ को निःशुल्क आँखा शिविरमा १६५ जना लाभन्वित

Ujyalosandeshonline 11540+ समाचार ( )
५ असार २०८१, मङ्गलबार

भैरहवा । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर १२ को आयोजनामा गरिएको शिविरमा १६५ जनाले आँखा परिक्षण गराएर लाभन्वित भएका छन् ।

नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नं. १२ को कार्यालयले मंगलबार डाँडागाउँमा वडावासीहरुका लागि निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको थियो ।

‘आँखा परिक्षण गराएका १६५ जना मध्ये ११ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ का वडाअध्यक्ष कुमार गुरुङले भने, ‘मोतिबिन्दु देखिएका सबैको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ ।’

उनले नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयवासीहरुको स्वास्थ्य तर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।

बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने गरेको छ । मोतिबिन्दुका विरामीका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मोतिबिन्दुका विरामीहरु (नगरवासी) का लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार