मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मतगणना स्थलको फोहोर उठाउँदै रास्वपा कार्यकर्ता : ‘हामीले गरेको फोहोर सफा गर्नु हाम्रै जिम्मेवारी’

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को मतगणना स्थल बाहिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनपछि मतगणना भइरहेको कार्यालय बाहिर विभिन्न दलका समर्थक र कार्यकर्ताहरूको भीडका कारण थुप्रिएको फोहोर रास्वपाका कार्यकर्ताहरूले सफा गरेका हुन् ।

मतगणना स्थल बाहिर जम्मा भएका नागरिकले फालेका प्लास्टिक, कागज लगायतका फोहोर व्यवस्थापन गर्दै उनीहरूले समाजप्रति युवाको जिम्मेवारी बोधको सन्देश दिएका छन्। रास्वपाका कार्यकर्ता इन्जिनियर माधव कान्दुले हामीले गरेको फोहोर सफा गर्नु पनि हाम्रै दायित्व हो भन्ने सोचका साथ सरसफाइ अभियान चलाइएको जानकारी दिनुभयो। युवाहरूले सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ।

आज गरिने सानो लापरबाहीले भविष्यमा ठूलो वातावरणीय समस्या निम्त्याउन सक्ने भन्दै कान्दुले फोहोर व्यवस्थापनमा सबै नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। ‘नयाँ सोच, युवा नेतृत्व’ को मूल भावनाअनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो कदम चालिएको उल्लेख गर्दै उहाँले रुपन्देही क्षेत्र नं. ४ का नागरिकले रास्वपाप्रति देखाएको विश्वासलाई कदर गर्दै यस क्षेत्रका हरेक समस्या समाधानमा पार्टी सधैं जिम्मेवार रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार