मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

यो वर्ष १६ लाख पर्यटक आउने मन्त्रीको दावी

Ujyalosandeshonline 12437+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्ले ‘टुरिज्म एक्स्पो’ ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको भन्दै त्यो लक्ष्य पूरा गर्न यो मेलाको भूमिका महत्वपूर्ण हुने बताए । 

उनले भने, ‘यो १६ देशको सहभागितामा सञ्चालन हुन गइरहेको यस मेलाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण कोशे ढुङ्गाको भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु । नेपालले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पर्यटन क्षेत्रले अहिले भोगि रहेको समस्याहरु जुन छन् त्यसलाई हल गर्नका लागि हामीले केही सुधार गर्न आवश्यक छ ।’   

नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा प्रवध्र्दन गर्ने उद्देश्यले समीट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवध्र्दन, काठमाडांै महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरुको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो । यो एक्स्पो आज र भोलि सञ्चालन हुनेछ । 

एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्स्पोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ । 

एक्स्पोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार