मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कसैको शिर झुक्न दिनेछैनौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ माघ २०८१, बुधवार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको शिर झुक्न नदिने गरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । अर्घाखाँची सम्पर्क मञ्च बाँकेले बुधबार नेपालग)जमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारका कारण कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ‘सरकार ले सुशासनको थालनी र प्रयास अघि बढाएको छ । सरकारको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं’उनले भने,‘हाम्रा कारणले कसैले पनि शिर झुकाउनुपर्ने छैन, गर्व गर्ने काम गर्छौं ।’

भ्रष्टाचार न्यूनीकरणका लागि पाँचवर्षे रणनीतिक योजना ल्याइएको भन्दै उनले कर्मचारी तहमा जारी गरिएको १४ बुदे निर्देशनपछि केही परिवर्तन देखिन थालेको बताए । सरकारले नागरिकका हरेक गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्न तत्परता देखाउने उनले विश्वास दिलाए । ‘सरकारका कमीकमजोरी देख्नुभयो भने उतिखेरै भनिहाल्नुहोला, समय पर्खीने होइन’उनले भने,‘तपाईहरुले दिएका सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्छौं ।’ सरकारले गरेका कामहरुको उपलब्धि देखिने अवस्थामा पुगेको बताए ।

सो अवसरमा मञ्चका अध्यक्ष विष्णु खनाल, संविधान सभा सदस्य देवराज भार, लुम्बिनी प्राविधिक विश्व विद्यालय आयोग सदस्य कृष्णचन्द्र घिमिरे, प्रभात ठकुरी, कस्मिरा खातुन, बुद्धि बन्जाडे लगायतले मुख्यमन्त्री आचार्यलाई मायाको चिनोसहित सम्मान गरेका थिए । यसैबीच मुख्यमन्त्री आचार्यलाई नेपालगन्ज साईक्लिङ क्लबद्वारा आयोजना हुने टुर दी ठाकुरद्वारा साईकलयात्राको बारेमा जानकारी समेत गराइएको छ । यो यात्राले लुम्बिनी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार