अर्घाखाँची । अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौहानले निर्वाचनमा आफू तारा चिन्हलाई मतदान गर्ने सम्पूर्ण मतदाता र सहयोग गर्ने सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले निर्वाचनको परिणाम जेजस्तो आए पनि निरन्तर जनताको साथमै रहेर जिल्लाको समग्र विकास र निर्माणमा सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। जनताको माया, विश्वास र समर्थनलाई सम्मान गर्दै आगामी पाँच वर्षपछिको निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने समेत उहाँले स्पष्ट पार्नुभएको छ।