मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

उपचारका लागि आर्थिक सहयोगको अपील

Ujyalosandeshonline 11566+ समाचार ( )
३ पौष २०८१, बुधवार

भैरहवा । काठमाडौंको बासवारीस्थित उपेन्द्र देवकोटा मेमोरियल अस्पतालमा भर्ना भएका आनन्द मल्लाहको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपील गरेको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा स्थायी बसोबास गर्दै आएका २६ वर्षिय आनन्दको उपचारका लागि रकमको अभाव भएपछि सहयोगका लागि परिवारले याचना गरेको हो ।

Guillian Barrre Syndrome-Aman Variant नामक रोग लागी गम्भिर बिरामी भइ उपचाररत दाजु आनन्द मल्लाहको उपचारका लागि सहयोग गर्न उनकी बहिनी नन्दनी मल्लाहले अपील गरेकी छन् । आफ्नो परिवारको आर्थिक अवस्था निकै कमजोर भइ दाजुको उपचारमा समस्या परेकोले आवश्यक सहयोग गर्न सबैसमक्ष उनले आग्रह गरेकी हुन् ।

गम्भिर बिरामी परेका मल्लाहलाई २०८१ मंसिर ८ गते अस्पतालमा भर्ना गरिएको थियो । बहिनी नन्दनीका अनुसार हालसम्म आनन्दको उपचारमा २० लाख खर्च भइसकेको, बिरामीलाई भेन्टिलेटरमा राखिएको र अझै दुई महिनासम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने भएको छ । मल्लाह परिवारको आर्थिक अवस्था कमजोर भएको र पीडितको आमा–बुवाले किराना पसल सञ्चालन गरेर परिवारको घरखर्च चलाइरहेका छन् ।

आनन्दको उपचारका लागि सहयोग गर्न चाहने जोसुकैले मोबाइल नम्बर ९८१७५७५१६४ मा सम्पर्क गरेर, ई–सेवा नम्बर ९८१७५७५१६४ वा नन्दनी मल्लाहको नाममा एनआईसी एसिया बैंकमा रहेको खाता नम्बर ०६१५७५३२५४७६५००१ मा रकम जम्मा गर्न सकिने मल्लाह परिवारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार