ओमसतिया–५ मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

Ujyalosandeshonline 11561+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ मा दोस्रो वडास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता-२०८० सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले अन्य विकाससँगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । उनले युवाहरुलाई कुलतबाट जोगाउन र पालिकामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले वडाकप आयोजना गरिएको बताए । 

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा शाखा प्रमुख कमल शर्मा, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यसमिति सदस्य पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार