मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सात सय विपन्न परिवारलाई सिरक वितरण

Ujyalosandeshonline 12437+ समाचार ( )
२० पौष २०८२, आइतबार

सिरहा । यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सात सय परिवारलाई सिरक वितरण गरिएको छ ।

नगरप्रमुख चौधरीको नेतृत्वमा आज वडा नं १२, १७, १८ र २३ का अतिविपन्न तथा दलित बस्तीमा पुगेर सिरक हस्तान्तरण गरिएको छ । लहान नगरपालिका—१८ का ८० परिवार र वडा नं २३ का डोम समुदायका २३ परिवारलाई सिरक प्रदान गरियो ।  यस्तै, वडा नं १७ स्थित बलानसेर सदाय बस्तीका ५२ परिवारले पनि न्यानो सिरक प्राप्त गरेका छन् । त्यसैगरी, लहान नगरपालिका–१२ मा नगरप्रमुख चौधरी र वडाअध्यक्ष बद्रीनारायण चौधरीले ३० जनालाई सिरक प्रदान गर्नुभयो । 

त्यस अवसरमा वडाअध्यक्ष चौधरीले आफ्नो वडाका थप ७० जना लक्षित व्यक्तिहरूलाई छिट्टै सिरक वितरण गरिने जानकारी दिनुभयो । नगरप्रमुख चौधरीले विपन्न समुदायका नागरिकको सुरक्षा र सेवाका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यो अभियान अन्य वडा र बस्तीहरूमा पनि निरन्तर जारी रहने जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार