मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पूर्व डीआईजी जोशीलाई थुनामा पठाउने आदेश

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ माघ २०८१, सोमबार

भैरहवा । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले थुनछेक बहसपछि जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले बताए ।

‘मुद्दाका प्रतिवादी रहेका जोशी सोमबार अदालतमा उपस्थित भएका थिए’, उनले  भने, ‘थुनछेक बहस पछि कसुर नगरेको विश्वास गर्नूपर्ने मनासिब आधार नदेखिदाँ पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश भएको छ ।’

थुनछेक बहसमा वादी (पीडित) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सह न्यायधिवक्ता गोकर्ण घिमिरे र प्रतिवादीको तर्फबाट मनोज कुमार चौधरी लगायतले बहस गरेका थिए ।

जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्व डीआईजी जोशी लगायत विरुद्ध सहकारीको रकम ठगी गरेको भन्दै अभियोग पत्र दर्ता भएको थियो । यस अघि लामिछाने अदालतमा उपस्थित भएर थुनछेक बहस पछि आदेश अनुसार एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार