मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

मुम्बई । बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन् । समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ ।

गत अप्रिलमा सलमानको बान्द्रास्थित घर बाहिर वन्दुक फायरिङ समेत भएको थियो । घटनाका सम्बन्धमा क्राइम ब्रान्चले अनुज थापनसहित फायरिङमा संलग्न दुई आरोपी विक्की गुप्ता र सागर पाललाई गुजरातमा पक्राउ गरेको थियो ।

यद्यपि मे १ मा अनुजको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको शव क्राइम ब्रान्चको शौचालयमा भेटिएको थियो । घटनापछि अनुजकी आमा रीता देवीले सलमानविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । अहिले अदालतले सुनुवाइका क्रममा सलमानको नाम उजुरीबाट हटाउन आदेश दिएको छ ।

गत सोमबार न्यायधीश रेवती ढेरे र श्याम चन्दको बेन्चले सलमानको नाम उजुरीबाट हटाउने फैसला गरेको छ । ‘उनको नाम उजुरीबाट हटाउनु । यो मामलामा सलमानविरुद्ध केही पनि छैन भने उनलाई प्रतिवादी बनाउनुको अर्थ के ?’ आदेशमा भनिएको छ ।

‘तपाईं आफ्नो छोराको मृत्युबाट चिन्तित हुनुहुन्छ । यसलाई अदालतले हेर्नेछ । तर उजुरीमा प्रतिवादी बनाउनुको कुनै अर्थ छैन’, आदेशमा उल्लेख छ । अनुजलाई अप्रिल २६ मा पञ्जावबाट आरोपीलाई हतियार उपलब्ध गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले अनुजले आत्महत्या गरेको भने पनि उनकी आमा रीताले भने छोराको आत्महत्या नभइ हत्या भएको दावी गर्दै आएकी छन् । उनले यो मामलामा सीबीआईबाट अनुसन्धान हुनुपर्ने माग गरेकी थिइन् । उजुरीमा अनुजमाथि प्रहरीले हिरासतमा धेरै कुटपिट गरेको र उसलाई यातना दिइएको उल्लेख थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार