मुख्य समाचार
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान |

‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’

Ujyalosandeshonline 12675+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

बाँके । यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक तथा सांस्कृतिक गन्तव्यको पहिचानलाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरिएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके च्याप्टरको आज नेपालगन्जमा भएको चौथो वार्षिक साधारणसभामा सहभागीद्वारा यहाँका धार्मिक पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा सरोकार भएका निकायका प्रतिनिधिले नेपालगन्जको शक्तिपिठ बागेश्वरी मन्दिरसँग जोडेर, बाबा बर्फानी धाम, सन्तानेश्वर मन्दिर, गोवर्द्धन धाम, भुवर भवानीलगायत धार्मिकस्थललाई धार्मिक सर्किटका रूपमा विकास गर्न जोड दिएका छन् । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले मानसरोवर तथा रारा तालको यात्रा गर्ने मूल मार्ग नेपालगन्ज भएकाले भारतीय पर्यटकलाई नेपाल भित्र्याएर लाभ लिन सकिने बताउनुभयो । 

उहाँले धार्मिक पर्यटकलाई आकर्षित गर्नसक्ने गन्तव्य तथा प्राचीनस्थल लुम्बिनी प्रदेशमा रहेका उल्लेख गर्दै खत्रीले यसबाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनीमा पर्ने भएकाले प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राख्नुभयो । “हामीले हाम्रा नीति, कार्यक्रम र बजेटको मापन गर्ने एउटा आधार पर्यटन क्षेत्र हो भनेर प्राथमिकतमा राखेका छौँ”, उहाँले भन्नुभयो । पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री खत्रीले पर्यटकीय गन्तव्यको खोजी गर्न प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । 

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पर्यटनमा जिल्लाको परिचय सकारात्मक रूपमा स्थापित भएको उल्लेख गर्दै साझा प्रयत्नबाट पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि चदायमान बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटक आकर्षित गर्ने गन्तव्य, सहज पहुँच र गुणस्तरीय सुविधा र भरपर्दो सहायक सेवा निर्माण गर्न पर्यटनलाई स्थानीय समुदायको आय, आर्थिक समृद्धिसँग जोड्न आवश्यक भएको बताउनुभयो ।

उहाँले भारतको रुपैडिहा सीमासम्म पर्यटकका लागि ग्रीन लाइन र स्मार्ट बोर्डर प्रणालीको व्यवस्था गर्नमा जोड दिँदै नेपालगन्ज पोखरा सिधा हवाई उडानलाई प्रभावकारी र निन्तरताका लागि च्याप्टरले पहल गर्ने उल्लेख गर्नुभयो । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, च्याप्टरका उपाध्यक्ष झवि शर्मा न्यौपानेलगायतले पर्यटन क्षेत्रका विकास यस क्षेत्रका लागि अपरिहार्य भएको बताउनुभयो । उक्त अवसरमा च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायत पर्यटन व्यवसायीलाई सम्मानित गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार