मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कृषि विकासमा तीनै तहका सरकारको सामूहिक भूमिका आवश्यक

Ujyalosandeshonline 12431+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको  बताएका छन् । 

सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा वसेको विषयगत समितिको १० औं बैठकको  अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउनगरी योजना वनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी वनाउन पर्नेमा जोड दिए । 

बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघीय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको छ बताए । विदेशवाट फर्किएकाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने  आधार  वनाउने  गरि काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।  

बैठकमा सातै प्रदेशका कृषिसँग सम्वन्धित सचिवहरुले  प्रदेशमा कृषि क्षेत्रको  हालको  अवस्था बारे प्रस्तुती गरेका थिए भने प्रदेशमन्त्रीहरुले आ–आफनो  धारणा व्यक्त गरेका थिए  । बैठकमा यस अघि वसेको नवौ बैठकले  गरेका निर्णय  कार्यन्वयनको समिक्षा भएको थियो  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार