मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

विश्वविद्यालयको मामिलामा प्रधानमन्त्री झुटो : ओली

Ujyalosandeshonline 11564+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । एमालेको अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति दलीय भागबन्डा नभइ योग्यताका आधारमा गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले झुटो बोलेको आरोप लगाएका छन् । 

पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलीय भागबन्डा नगरी योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्ने बताए पनि अहिले आएर योग्यलाई पाखा लगाउँदै पार्टीका आसेपासेको सूची बनाइएको उनको आरोप छ ।  

‘प्रधानमन्त्रीले अस्ति २–४ पटक नै खोक्नुभयो, गजब खोक्नुभयो, कुराले खोकेको हो त्यो । अब विश्वविद्यालयमा मेरीटोक्रेसी लगाइन्छ दलीय आधारमा हुँदैन भनेर अहिले जुन सर्टलिस्ट उहाँहरुले बनाउनुभएको छ, योग्य जतिलाई छाँट्नुभएको छ,’ उनले भने, ‘गठबन्धनका आसेपासेहरु वरपर बस्नेहरु अयोग्य साबित भइसकेकाहरु, पछि पनि योग्य हुन नसक्नेहरु ठाडै राजनीतिक दलको सेवा गरेर कुट्नेहरु त्यस्तोलाई सर्टिङ गरेर उहाँको मेरीटोक्रेसी पहिले नै देखियो । गठबन्धनका लागि अपवित्र काम गरिसकेकाहरु हुनुपर्ने भन्ने देखियो । चारतिर खोक्दै हिड्नुभएको थियो उहाँ मेरीटोक्रेसीको नाम लिएर ।’

त्रिवि उपकुलपति छनोट हाल प्रक्रियामा छ । सिफारिस समितिले १४ जनाको सूची तयार गरेको  छ, जसमध्ये ३ जनाको नाम नियुक्तिको सिफारिसमा पर्ने छ । उक्त सूचीप्रति ओलीले विमति जनाए । दलीय भागबन्डा नगर्ने भन्दै आफूले गरेको प्रतिबद्धताविपरीत प्रधानमन्त्री दाहालको योजना देखिएको उनले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार