मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मुसा मार्न प्रयोग हुने विषादी सेवनबाट गुल्मीमा एक बालिकाको मृत्यु

मनु सुनार 31+ समाचार ( )
२८ असार २०८१, बिहीबार

गुल्मी । गुल्मीमा मुसा मार्न प्रयोग हुने विषादी सेवनका कारण एक बालिकाको ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ ठाटिकाचौरकी ४ वर्षीय प्रिन्सा सुनारको ज्यान गएको हो । विषादी दुई जना बालबालिकाले सेवन गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो । 

स्थानीय सपना सुनारकी ४ वर्षीय छोरी प्रिन्सा सुनार र बसुन्धरा सुनारकी ५ वर्षीय छोरी दिपसिखा सुनारले मुसा मार्न प्रयोग हुने विषादी सेवन गरेका हुन् । सपना र बसुन्धराले आफ्ना छोरीहरुलाई बारीमा कोदो रोप्नको लागि भन्दै झार गोड्न सँगै लिएका गएका पोखरेलले जानकारी दिनुभएको छ । दुबै जनाले आफ्ना छोरीहरुलाई बारीको छेउमा राखी झार गोड्न थालेका समयमा बालिकाहरुले नाम नखुलेको मुसा मार्न प्रयोग हुने विषादी सेवन गरेका थिए । 

विषादी सेवन गरेका बालिकाहरुले वान्ता गर्न थालेपछि दुवै जनालाई उपचारको लागि स्थानिय मेडिकलमा लगिएको थियो । थप उपचारको लागि गुल्मी अस्पताल तम्घासमा गुल्मीमा ल्याएकोमा उपचारको क्रममा प्रिन्सालाई डाक्टरले मृत घोषणा गरेका थिए । दिपसिखालाई भने थप उपचारको लागि गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरेको छ । बालिकाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार