मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

चन्द्रपुरमा आयुर्वेद उपचार गर्ने बिरामीको संख्या बढन थाल्यो

Ujyalosandeshonline 11187+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

रौतहट । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रपुरमा पछिल्लो समयमा उपचारका लागि आउने बिरामीको संख्या बढन थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयमा अहिले ओपिडी, जेष्ठ नागरिक सेवा (जेष्ठ नागरिकहरुलाइ रसायन औषधी निशुल्क बितरण),स्तनपाइ(आमाहरुलाइ दुध बर्धक औषधी निशुल्क बितरण),बाथको बिरामीको लागी पंचकर्म सेवा, होमियोप्याथिक सेवा र ल्याब सेवा उपलब्ध गराएको छ ।

यस सेवा सुबिधा लिन सेवाग्राहीहरु चन्द्रपुर–६ स्थित चन्द्रनिगाहपुरमा रहेकोे उक्त चिकित्सालयमा पुग्ने गरेको पाइन्छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरका सुचना अधिकारी रुप नारायण महतोका अनुसार अहिले दैनिक ३० देखि ४० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छ । यसअघि ५ देखि १० जना आउने गरेकोमा अहिले संख्या बढेको उनले जानकारी दिए । गत आर्थिक बर्ष २०८०÷८१ मा ३१ हजार २ सय ६६ जना बिरामीले यस चिकित्सालयबाट सेवा लिएकोमा हालको आर्थिक बर्षमा बढ्ने उनले बताए  ।

गत साउन देखी मंसिर सम्म ४ हजार ३ सय ५२ महिला र ४ हजार ७ सय ५४ पुरुष गरेर  ९ हजार १ सय ६ जनाले सेवा लिएको उनले उल्लेख गरेका छन । अहिले यस चिकित्सालयमा रौतहट  मात्रै नभएर छिमेकी मुलुक भारत देखी पनि बिरामीहरु उपचारको लागी आउने गर्दछन । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. शिव शंकर रायका अनुसार भौतिक पुर्वाधारको अभाबले उपचार गर्न असहज भएको छ । भौतिक पुर्वाधार, औषधी लगायतमा स्थानिय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने उनले जोड  दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार