अर्घाखाँचीमा नेकपाको पार्टी एकता घोषणा सभा सम्पन्न

Ujyalosandeshonline 12436+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

सन्धिखर्क । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीको पार्टी एकता घोषणा कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय नेता डा. बेदुराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त घोषणा सभामा पूर्वमन्त्री तथा केन्द्रीय नेता चक्रपाणि खनाल (बलदेव), सुदर्शन बराल, चन्द्रबहादुर खड्का, सुशिला सिर्पाली, पिताम्बर भुसाल लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको पूर्वसन्ध्यामा जिल्लाका विभिन्न पालिकाहरूबाट आएका नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित र्‍याली निकालेका थिए । सभामा सहिद परिवार, प्रदेश कमिटी सदस्य, सल्लाहकार, जनवर्गीय संगठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । पार्टीका केन्द्रीय सदस्य ठाकुर कुमार बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्य छमकुमारी खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य रामबहादुर चौहानले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार